बजेटसँग सम्बन्धित प्रश्नोत्तरहरु
Contents
1. बजेट भन्नाले के बुझिन्छ ? नेपालमा बजेट निर्माण प्रक्रियाबारे चर्चा गर्नुहोस् । (३+७=१०)
बजेटको परिचय
·
बजेट सरकारको विस्तृत आर्थिक योजना हो ।
·
गत आर्थिक वर्षका आर्थिक गतिविधिको समिक्षा तथा अभिलेखन, चालू आर्थिक वर्षका आर्थिक
गतिविधिको चित्रण र आगामी वर्षका गतिविधिको प्रक्षेपित अनुमानको आर्थिक दस्तावेज
नै बजेट हो ।
·
सामान्यतः बजेट भन्नाले एक निश्चित
अवधिको आम्दानी खर्चको विवरण हो ।
·
Detailed
Economic Plan for a specific period.
·
सरकारको वार्षिक नीति, कार्यक्रम र सो को आधारमा विनियोजित खर्च र आम्दानीका स्रोतहरूको समग्र विवरण पनि हो बजेट ।
·
सरकारको वार्षिक रूपमा सञ्चालन गर्ने विकास कार्य र प्रशासनिक कार्यहरूको रूपरेखा सहितको खर्च प्रस्ताव र सरकारले गर्ने राजस्व, प्राप्त हुने वैदेशिक सहायता, ऋण र त्यसको उपयोग सम्बन्धी कार्य नीतिलाई पनि बजेटको रूपमा बुझ्न सकिन्छ ।
·
बजेटमा सरकारको राजनीतिक, आर्थिक वा वित्तीय र सामाजिक अवधारणा समेत प्रष्ट गरिएको हुन्छ ।
·
सरकारको राजनीतिक दर्शन, आर्थिक एजेन्डा र सामाजिक प्राथमिकताहरू झल्किएका हुन्छन् बजेटमा ।
·
सरकारको दीर्घकालीन विकास अवधारणालाई आत्मसात गर्दै तर्जुमा गरिएको वार्षिक योजना र कार्यक्रमहरूको संगालो बजेट हो ।
·
Financial
Mirror of Society’s Choice
·
शाब्दिक रूपमा हेर्ने हो भने Budget शब्द ल्याटिन भाषाको Bauge र फ्रेन्च भाषाको Bougette बाट आएको हो जसको अर्थ छालाको सानो
थैली भन्ने हुन्छ ।
·
विश्वमा बजेट प्रणालीको सुरूवात सन् १७३३ मा बेलायतबाट भएको
हो । जतिबेला बेलायतका तत्कालीन प्रधानमन्त्री रवर्ट वालपोलले कालो छालाको झोलामा
राखी बजेट पेश गरेका थिए ।
·
निष्कर्षमा:- विगतमा गरेका कार्यहरुको समीक्षा र वर्तमान
स्थितिको आँकलन गरी भावी कार्यक्रम र कार्यदिशा सहितको आय र व्ययको अनुमानित योजना
नै बजेट हो ।
बजेट सम्बन्धी बुझाइहरु
-
सर्वसाधारण : योजना/कार्यक्रम (सार्वजनिक सेवा)
-
विधायक : सार्वजनिक साधनमाथि नियन्त्रण
-
अर्थ मन्त्रालय : अन्य निकायमाथि नियन्त्रणको
शक्तिशाली हतियार
-
विषयगत मन्त्रालय : खर्च गर्ने अख्तियारी
-
योजना निकाय : रणनीतिक प्राथमिकतामा साधन विनियोजन
-
कर्मचारी : Record of past performance, method of
current control & projection of future plan
-
अर्थशास्त्री : आर्थिक विश्लेषणको आधार
-
विकास साझेदार : सरकारको नीति सामथ्र्य र खर्च गुणस्तर
-
नगरिक समाज : वित्तीय जवाफदेहिताको आधार
नेपालमा बजेट निर्माण प्रक्रिया
·
वृहत आर्थिक विश्लेषण (Macro
economic Analysis) : देशको लगानी, उत्पादन, व्यापार, रोजगारी, उपभोग लगायत समग्र आर्थिक पक्षहरूको विश्लेषण गरिन्छ ।
·
आवश्यकता पहिचान र प्राथमिकीकरणः देशको मूलभूत विकास आवश्यकता र तिनको प्राथमिकीकरण गरिन्छ ।
·
साधारण खर्च तथा पूँजीगत खर्चको सीमा निर्धारणः साधारण खर्चलाई निश्चित सीमामा राख्न सीमा निर्धारण गरिन्छ । त्यसैगरी विकास कार्यमा गरिने खर्च अर्थात पूँजीगत खर्चको सीमा पनि तय गरिन्छ ।
·
बजेट तर्जुमामा तल्लो तहलाई निर्देशनः तल्लो तहलाई विकास प्राथमिकीकरण र खर्चका प्राथमिकता तथा साधारण खर्चको सीमाभित्र रहि बजेट तर्जुमा गर्न कार्यालयहरूलाई निर्देशन गरिन्छ ।
·
बजेट छलफलः विकास बजेटको हकमा राष्ट्रिय योजना आयोगमा र साधारण बजेटको हकमा अर्थ मन्त्रालयमा बजेट छलफल गरिन्छ । विभिन्न मन्त्रालयले आफू र मातहतका निकायको लागि तर्जुमा गरेको बजेट राष्ट्रिय प्राथमिकता, विकासको अवधारणा र खर्चको सीमाभित्र रहे नरहेको विषयमा छलफल गरी परिमार्जन गरिन्छ ।
·
आम्दानीका स्रोतहरूको आँकलनः देशभित्र के कति राजस्व संकलन हुन्छ, वैदेशिक ऋण र अनुदान के कति प्राप्त हुन्छ, कति आन्तरिक ऋण लिनुपर्ने हो सो समेतको आँकलन गरिन्छ ।
·
बजेटका प्रभावहरूको विश्लेषणः आम्दानी/खर्चको खाका तयार भएपछि बजेटले पनि राजनीतिक, आर्थिक, सामाजिक प्रभावहरूको लेखा जोखा गरी आवश्यक परिमार्जन समेत गरिन्छ ।
·
बजेट मस्यौदा मन्त्रिपरिषद्मा पेश
गर्नेः उपरोक्त अनुसार तयार भएको बजेट मस्यौदालाई स्वीकृतिको लागि नेपाल सरकार (मन्त्रिपरिषद) मा पेश गरिन्छ ।
·
संसदमा बजेट प्रस्तुती र छलफलः अर्थ मन्त्रीले संसदमा बजेट पेश गर्दछन् र बजेट उपर संसदमा दफावार छलफल हुन्छ । (नेपालको संविधान २०७२मा प्रत्येक आर्थिक वर्षको बजेट वक्तव्य अघिल्लो आ.व.को जेष्ठ १५ मा गर्ने गरी निश्चित गरिएको छ ।)
·
संसदबाट अनुमोदनः संसदको बहुमत वा सर्वसम्मतिबाट प्रस्तावित बजेट पारित गरिन्छ ।
·
राष्ट्रपतिबाट स्वीकृतिः बजेट सम्बन्धी संसदबाट पारित विधेयक राष्ट्रपतिले स्वीकृत गरेपछि बजेट तर्जुमा प्रक्रिया पूरा हुन्छ
2.
बजेट तर्जुमाका कानूनी आधारहरु प्रस्तुत गर्नुहोस् साथै बजेटसँगै
प्रस्तुत हुने विधेयकहरु कुन कुन हुन उल्लेख गर्नुहोस् ।
बजेट तर्जुमाका कानुनी आधारहरु
-
कानुनबमोजिमबाहेक कर लगाउन र ऋण लिन
नपाउने (११५)
-
संघीय सञ्चित कोषको व्यवस्था (धारा ११६)
-
संघीय सञ्चित कोषबाट व्यय हुने व्यवस्था
(धारा ११७)
-
संघीय सञ्चित कोषमाथि व्ययभार ः (धारा
११८)
-
राजस्व र व्ययको अनुमान (धारा ११९)
-
विनियोजन ऐनको व्यवस्था (धारा १२०)
-
आर्थिक कार्यविधिसम्बन्धी व्यवस्था
(धारा १२५)
-
आर्थिक कार्यविधि तथा वित्तीय
उत्तरदायित्व सम्बन्धी ऐन, २०76
बजेट साथ प्रस्तुत गरिने विधेयकहरु
१. आर्थिक विधेयक :
आम्दानीको सम्बन्धमा (करका दरहरु)
२. विनियोजन विधेयक :
खर्चको सम्बन्धमा
३. राष्ट्र ऋण
उठाउने विधेयक : घाटा बजेट परिपूर्तीको सम्बन्धमा
४. ऋण तथा जमानत
विधेयक : अन्य संस्थानहरुलाई ऋण चाहिएको खण्डमा सरकार जमानत बस्ने सम्बन्धमा
५. पेश्की खर्च
विधेयक
3.
बजेटको उद्देश्य उल्लेख गर्दै एक आदर्श बजेटमा हुनुपर्ने
गुणहरु बारे चर्चा गर्नुहोस् ।
बजेटका उद्देश्यहरु
- देशको
आर्थिक अवस्थाको चित्रण गर्नु,
- आवधिक
योजनालाई कार्यान्वयन गर्नु,
- श्रोतहरुको
कुशलतापूर्वक परिचालन र उपयोग गर्नु,
- सरकारमाथि नियन्त्रण र सन्तुलन कायम गर्नु,
- खर्च गर्ने कानूनी अधिकार प्राप्त गर्नु,
- आर्थिक वृद्धि तथा आर्थिक विकास गर्नु
- आर्थिक स्थायीत्व कायम गर्नु
- कुल गार्हस्थ उत्पादन र प्रतिव्यक्ति आयमा वद्धि गर्नु हो ।
- वित्तीय पारदर्शिता र सार्वजनिक जबाफदेहिताको विकास गर्नु,
- रोजगारीका अवसर सृजना गर्नु
- सामाजिक न्याय कायम गर्न सहयोग गर्नु र
- मौद्रिक एवम् वित्तीय नीतिको निर्धारण गर्नु
- भुक्तानी सन्तुलन कायम गर्नु,
- पुँजी निर्माण गर्नु,
बजेटमा हुनुपर्ने
गुणहरु
- नीतिगत स्पष्टता हुनुपर्दछ । कुन सिद्धान्तका आधारमा आम्दानी र खर्च
गरिएको हो सो प्रस्ट हुनुपर्दछ ।
- राज्यको
शासन पद्धतिका सबै क्षेत्रलाई समेट्ने गरी बजेटले व्यापक क्षेत्र समेटेको
हुनुपर्दछ ।
- सरकारी
बजेटले निजी,
सहकारी र सामाजिक क्षेत्र समेतको श्रोत परिचालनमा सघाउन पु¥याउने गरी सहजकारी भूमिका खेल्नुपर्दछ ।
- बजेटमा
उल्लिखित कुराहरूमा अनुमानयोग्यता (Predictability)
हुनुपर्दछ ।
- सांसदबाट
स्वीकृत र राष्ट्रप्रमुखबाट अनुमोदित भएको वैधानिकता प्राप्त हुनुपर्दछ ।
- बजेटले
निर्धारित उद्देश्य पुरा गर्न आफ्ना प्राथमिकताहरू स्पष्ट गर्नुपर्दछ ।
- बजेट
पारदर्शी हुनुको साथै यसमा रहेका विषयप्रति जवाफदेहिता पनि रहनुपर्दछ ।
4.
सरकारी बजेटका सिद्दान्तहरु के के हुन? बजेटका प्रकारहरु
उल्लेख गर्नुहोस् ।
बजेटका सिद्दान्तहरु
-
वैधानिकताको सिद्दान्त
-
नियमितताको सिद्दान्त
-
स्पष्टताको सिद्दान्त
-
विस्तृतताको सिद्दान्त
-
लचकताको सिद्दान्त
-
सान्दर्भिकताको सिद्दान्त
-
नियन्त्रण र सन्तुलनको सिद्दान्त
-
प्राथमिकताको सिद्दान्त
-
पारदर्शिताको सिद्दान्त
-
अनुमानयोग्यताको सिद्दान्त
-
जवाफदेहिताको सिद्दान्त
-
कार्यदक्षताको सिद्दान्त
-
समायवधिको सिद्दान्त
-
गतिशिलताको सिद्दान्त
बजेटका प्रकारहरु
-
आय र व्ययबीचको सम्बन्धको आधारमा
o
सन्तुलित बजेट (Balanced Budget)
o
बचत बजेट (Surplus Budget)
o
घाटा बजेट (Deficit Budget)
-
कार्य वा उद्देश्यको आधारमा
o
लाइन आइटम बजेट (Line Item Budget)
o
शून्यमा आधारित बजेट (Zero Based Budget)
o
कार्यक्रम बजेट ( Programmed Budget)
o
कार्यसम्पादनमा आधारित बजेट (Performance Based Budget)
-
क्षेत्रगत खर्चको आधारमा
o
साधारण वा चालु बजेट (Current Budget)
o
पूँजीगत बजेट (Capital Budget)
o
वित्तीय व्यवस्थापन (Financial Budget)
-
अन्य
o
गरिबी न्यूनीकरण बजेट (Poverty Reduction Budget)
o
लैँगिक उत्तरदायी बजेट (Gender Responsive Budget)
o
साधारण र विकास बजेट
o
चालु र पूँजीगत बजेट
o
आर्थिक र कार्यमूलक बजेट
o
संसदीय र कार्यकारी बजेट
o
Planning, Programming and Budgeting System
(PPBS)
o
Pro-Poor Budget
o
Output Budget
o
Flexible Budget
o
Climate Resilient Budget
o
Agency Budget
5.
बजेट चक्र उल्लेख गर्दै बजेट तर्जुमा गर्दा ध्यान दिनुपर्ने
कुराहरु बारे चर्चा गर्नुहोस् ।
-
बजेटको अनुमान गर्ने
-
बजेटको मस्यौदा तयार गर्ने
-
बजेट पेश गर्ने
-
बजेटमाथि छलफल गर्ने
-
बजेट स्वीकृति गर्ने
-
बजेटको कार्यान्वयन गर्ने
-
लेखाङ्कन गर्ने
-
लेखापरीक्षण गर्ने
-
मूल्याङ्कन गर्ने
-
पृष्ठपोषण गर्ने
बजेट तयार गर्दा ध्यान दिनुपर्ने कुराहरु
-
संविधान (राज्यका दायित्व, निर्देशक सिद्धान्त र नीति)
-
दिगो विकास लक्ष्य लगायत अन्तर्राष्ट्रिय मञ्चमा गरिएका प्रतिबद्धता
-
आवधिक योजनाको उद्देश्य, प्राथमिकता र रणनीति
-
क्षेत्रगत नीति तथा कार्यक्रम ।
-
रणनीतिक महत्व (आर्थिक, सामाजिक एकीकरण गर्ने कार्यक्रम
आदि)
-
सरकारका नीति र कार्यक्रमअनुसारका कामहरू
-
छिटो प्रतिफल दिन सक्ने र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता
-
कार्यान्वयन योग्यता (संस्थागत र प्राविधिक क्षमता, राजनीतिक–सामाजिक सहयोग)
-
सरकारले गरेका प्रतिबद्धता ।
-
निर्धारित ढाँचाको अवलम्बन : हुनुपर्ने कुराहरू
-
सालवासली गर्नुपर्ने कामहरू
-
आवधिक योजनाले लक्ष्य गरेका कामहरू
-
चालू आयोजनका कामहरू
-
वैदेशिक सहायता सम्झौतामा उल्लेख भएअनुसार गर्नुपर्ने कामहरू
-
त्रिबर्षीय बजेट सीमा
-
आयोजनाको विवरण
-
प्रस्तावित विनियोजन, क्रियाकलाप, कुल लागत, (चालू र पुँजीगत खर्च) लाग्ने
समयावधि, खर्चको स्रोत,
-
प्राथमिकता क्रम, रणनीतिक संकेत, गरिब उन्मुख संकेत, लैंगिक संकेत, जलवायु परिवर्तन संकेत, दिगो विकास संकेत)
-
नतिजा सूचक : प्रतिफल सूचक, योजनाको लक्ष्य, हालसम्मको स्थिति, प्रस्तावित आ वको लक्ष्य र सञ्चालन गरिने प्रमुख क्रियाकलाप
- देशको समष्टिगत आर्थिक
स्थिति परिसूचकहरू
- देशको दिर्घकालीन
सरकारी नीति तथा कार्यक्रम
- गत वर्षको वास्तविक
तथ्याङ्क
- आन्तरिक राजस्व परिचालनको
अवस्था
- वैदेशिक सहायताको
अवस्था
- बजेट कार्यान्वयन
गर्ने संस्थागत क्षमता
- सालवसाली गर्नुपर्ने
कामहरू
- चालु भइरहेका आयोजना
वा कामहरू
- वैदेशिक सहायताको
सम्झौतामा उल्लेख भए बमोजिमका कार्यहरू
- त्रिवर्षीय बजेट सीमा
अनुसारका कार्यक्रमहरू
- भविष्यमा हुने मूल्य
परिवर्तन
- देशको आर्थिक विकास, भुक्तानी सन्तुलन, निर्यात
प्रवद्र्धन, आन्तरिक ऋण, वैदेशिक सहायता आदि पक्षहरू
6.
नेपालको बजेटको विकासक्रम बारे उल्लेख गर्नुहोस् ।
-
२००८ माघ २१ मा पहलो बजेट (अर्थमन्त्री सुवर्ण शमशेर राणा)
-
२०१३ सालदेखि योजनाको समेत शुरुवात (भएबाट गत बर्षको
समिक्षा, चालु बर्षको संशोधित अनुमान र आगामि बर्षको अनुमान विवरण प्रस्तुत गर्न
शुरु )
-
2013-१४ देखि बजेटलाई साधारण र विकास बजेट गरी वर्गीकरण
-
२०१६ मा सरकारी रुपैयाँ खर्च सम्बन्धी नियम
-
२०१९-२० देखि नयाँ लेखा प्रणाली शुरुवात
-
२०२०-२१ मा राजस्वको विस्तृत वर्गीकरण प्रस्तुत
-
२०२५ मा सरकारी रकम असूल फर्छ्यौट ऐन
-
२०२६-२७ देखि कार्यक्रम बजेट शुरु
-
२०३८ मा सरकारी आयव्यय सञ्चालन कार्यविधि नियमावली
-
२०३८ मा 75 जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयको
स्थापना
-
२०४२ मा आर्थिक प्रशासन सम्बन्धी नियमावलीको व्यवस्था
-
२०४७ को संविधानमा आर्थिक कार्यविधिको व्यवस्था
-
२०५१/५२ मा चालू कोष निकासा प्रणालीको शुरुवात
-
२०५५ मा आर्थिक कार्यविधि ऐन जारी
-
२०५६ मा आर्थिक कार्यविधि प्रशासन सम्बन्धी नियमावली जारी
-
२०५९/६० देखि मध्यकालीन खर्च योजना लागू
-
२०६१/६२ देखि चालु, पूँजीगत र सावाँ भुक्तानीमा विभाजन शुरु
-
२०६४ मा आर्थिक कार्यविधि नियमावली तर्जुमा गरी लागू
-
2076 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी
ऐन,2076 जारी
7.
बजेट नियन्त्र प्रणाली बारे संक्षेपमा चर्चा गर्नुहोस् ।
बजेट नियन्त्रण:
बजेट नियन्त्रणका पद्धति / संयन्त्रहरू
क) बजेटमाथि
कार्यकारी नियन्त्रण: (Tools/Techniques )
१) अर्थ मन्त्रालयबाट नियन्त्रण:
– प्राविधिक तरिकाबाट ( Technical approach )
– नीतिगत उपाय ( Policy Approach)
– प्रक्रियागत संयन्त्र ( Procedural approach)
– बजेट तर्जुमा पछिको नियन्त्रण ( Post Budgetary Control )
२) लेखा प्रणालीमार्फत नियन्त्रण
– अभिलेखन, प्रतिवेदन
– आन्तरिक नियन्त्रण र सन्तुलन
– बजेट फ्रिज
आन्तरिक नियन्त्रण : (Tools/Techniques)
१) अर्थ मन्त्रालयबाट नियन्त्रण:
– प्राविधिक तरिकाबाट ( Technical approach )
– नीतिगत उपाय ( Policy Approach)
– प्रक्रियागत संयन्त्र ( Procedural approach)
– बजेट तर्जुमा पछिको नियन्त्रण ( Post Budgetary Control )
२) लेखा प्रणालीमार्फत नियन्त्रण
– अभिलेखन, प्रतिवेदन
– आन्तरिक नियन्त्रण र सन्तुलन
– बजेट फ्रिज
आन्तरिक नियन्त्रण : (Tools/Techniques)
-
योजनाका मापदण्डहरू ( Program
guidelines/criteria)
कार्यसम्पादन सूचक ( Performance indicators )
प्रगति प्रतिवेदन र कार्यक्रम समीक्षा ( DDAC, MDAC, NDAC etc.)
आर्थिक तथा भौतिक प्रतिवेदन/systemic Report
अवलोकन, सुपरिवेक्षण र निरीक्षण
कार्यदल र विशेष छानबिन/जाँच पड्ताल र निर्देशन
लेखा ढाँचाको अवलम्बन
व्यवस्थापन सूचना प्रणाली
व्यवस्थापन परीक्षण आन्तरिक लेखा परीक्षण
अनुगमन तथा मूल्यांकन
कार्यसम्पादन सूचक ( Performance indicators )
प्रगति प्रतिवेदन र कार्यक्रम समीक्षा ( DDAC, MDAC, NDAC etc.)
आर्थिक तथा भौतिक प्रतिवेदन/systemic Report
अवलोकन, सुपरिवेक्षण र निरीक्षण
कार्यदल र विशेष छानबिन/जाँच पड्ताल र निर्देशन
लेखा ढाँचाको अवलम्बन
व्यवस्थापन सूचना प्रणाली
व्यवस्थापन परीक्षण आन्तरिक लेखा परीक्षण
अनुगमन तथा मूल्यांकन
ख)
बजेटमाथि
संसदीय
नियन्त्रण
– बजेटमाथि छलफल (संक्षिप्त र दफावार)
– Voting
– विनियोजन र आर्थिक विधेयकमाथि स्वीकृति
– संसदीय दृष्टिगोचर
ग) स्वतन्त्र निकायद्वारा नियन्त्रण ( Auditing)
– खर्च तथा आयको कानुनी आधाकारको पर्याप्तता
– संसदीय अनुमोदन अवलम्बनको अवस्था
– अख्तियारवालाले खर्चको स्वीकृति गरेको अवस्था
– आर्थिक नियम पालनको स्थिति
– मितव्ययीता, कार्यदक्षता, प्रभावकारिता, औचित्य र विवेक प्रयोग गरेको स्थिति
घ) कार्यविधिगत नियन्त्रण
– आर्थिक कार्यविधि ऐन र अन्य कानुनका
कार्यप्रक्रिया
– क्षेत्रगत कार्यविधि र स्थापित मान्यताहरूको अवलम्बन
– Voting
– विनियोजन र आर्थिक विधेयकमाथि स्वीकृति
– संसदीय दृष्टिगोचर
ग) स्वतन्त्र निकायद्वारा नियन्त्रण ( Auditing)
– खर्च तथा आयको कानुनी आधाकारको पर्याप्तता
– संसदीय अनुमोदन अवलम्बनको अवस्था
– अख्तियारवालाले खर्चको स्वीकृति गरेको अवस्था
– आर्थिक नियम पालनको स्थिति
– मितव्ययीता, कार्यदक्षता, प्रभावकारिता, औचित्य र विवेक प्रयोग गरेको स्थिति
घ) कार्यविधिगत नियन्त्रण
– आर्थिक कार्यविधि ऐन र अन्य कानुनका
कार्यप्रक्रिया
– क्षेत्रगत कार्यविधि र स्थापित मान्यताहरूको अवलम्बन
8.
बजेटको महत्व तथा विशेषताहरुको बारेमा संक्षेपमा चर्चा
गर्नुहोस् ।
बजेटको महत्व
-
सार्वजनिक कोषको नियन्त्रण गर्न सकिने
-
सरकारी खर्चमा पारदर्शिता ल्याउन सकिने
-
जनउत्तरदायित्व प्रबर्द्धन गर्ने
-
सरकारका लागि मार्गदर्शन प्राप्त हुने
-
सरोकारवालाका लागि जानकारी प्राप्त हुने
-
आय र व्ययको बीचमा उचित सन्तुलन कायम हुने
-
सरकारका नीति र कार्यक्रमका लागि श्रोतको निश्चितता हुने
-
खर्च प्राथमिकीकरणका आधार तय हुने
सरकारी बजेटका विशेषताहरु
-
सार्वजनिक कोष सञ्चालन गर्ने विस्तृत योजना
-
सरकारको आर्थिक नीतिको निरन्तरता
-
सरकारको विस्तृत आर्थिक योजना
-
वित्तीय साधन परिचालन गर्ने कानून
-
राष्ट्रिय अर्थतन्त्रको नियन्त्रक
-
सरकार र राज्यको अर्थव्यवस्था देखाउने दस्तावेज
-
यो एक राजनैतिक दस्तावेज हो जुन पारित भएपछि कानूनी रुपमा
कार्य गर्दछ ।
9.
नेपालमा बजेट तर्जुमा प्रकृयाको बारेमा उल्लेख गर्नुहोस् ।
बजेट तर्जुमा कार्य निरन्तर चलिरहने प्रक्रिया हो ।
नेपालमा बजेट तर्जुमा
प्रक्रिया मूलतः संविधान, आर्थिक कार्यविधि ऐन तथा नियमावली र बजेट तर्जुमा दिग्दर्शनले उल्लेख गरे बमोजिम अगाडि बढेको पाइन्छ । आगामी
आर्थिक वर्षमा गर्नुपर्ने सरकारी कामकाज तथा विकास
कार्यक्रमको बजेट तयार गर्ने उत्तरदायीत्व अर्थ मन्त्रालयको रहेको छ ।
नेपालमा बजेट तर्जुमा प्रकृया सामान्यत कार्तिकको
दोस्रो सातादेखि सुरु भई असार मसान्तसम्म संसदबाट
पारित हुने र खर्च गर्ने निकायमा अख्तियारी प्रदान गर्ने कार्य साउन १५ सम्म सम्पन्न हुनुपर्ने गरी कार्य तालिका निर्धारण गरिएको छ । मूलतः
देहायका चरणहरूमा बजेट निर्धारण प्रकृया सम्पन्न
हुने गर्दछ ।
(क) कुल बजेटको आकार (सीमाङ्कन) तयार गर्ने
(त्रिवषीर्य खर्च अनुमानसहित)
•
MTEF को
आधारमा मन्त्रालय/निकाय, अर्थमन्त्रालय र राष्ट्रिय योजना
आयोगले नीतिगत छलफल र पुनरावलोकन गरी बजेट
अनुमानको प्रारम्भिक प्रतिवेदन तयार गर्ने ।
•
स्रोत समितिले देशको समष्टि आर्थिक स्थिति
विश्लेषण गरी स्रोत साधनको प्रारम्भिक अनुमान बजेट समितिमा पेश गर्ने
•
बजटे समितिले केन्द्रस्तरको कुल बजेटको आकार
र सीमा निर्धारण गर्ने
(ख) बजेट तर्जुमा मार्गदर्शन र सीमा पठाउने
•
राष्ट्रिय योजना आयोग
र अर्थमन्त्रालयले मन्त्रालयगत र क्षेत्रगत रूपमा बजेटको सीमा निर्धारण गर्ने
•
अर्थमन्त्रालयले मन्त्रालयगत र क्षेत्रगत
रूपमा बजेटको सीमा, मार्गदर्शन र निर्देशन पठाउने
•
सम्बन्धित मन्त्रालयले प्राप्त बजेट सीमा र
मार्गदर्शन आफू अन्तर्गतका विभाग, जिल्ला कार्यालय
र आयोजनाहरूमा पठाउने
(ग) कार्यक्रम तथा बजेट तयार गरी पेश गर्ने
(त्रिवर्षीय खर्च अनुमानसहित)
•
सम्बन्धित जिल्ला
स्तरीय कार्यालयले प्राप्त सीमाभित्र रही बजेट फारम तयार गरी सम्बन्धित विभागमा
पठाउने
•
सम्बन्धित विभागले कार्यालयबाट प्राप्त बजेट
फारमहरू तथा आफ्नो विभागको बजेटसमेत तयार गरी एकमुष्ट फारम मन्त्रालयमा पठाउने ।
•
सम्बन्धित मन्त्रालयले बजेट तथा
कार्यक्रममा विभागसँग छलफल गर्ने
•
मन्त्रालयहरूले आयोजना कार्यालय,
विभाग र आफ्नो बजेट फारम भरि अर्थमन्त्रालय र राष्ट्रिय
योजना आयोगमा पठाउने ।
(घ) कार्यक्रम तथा बजेट उपर छलफल
(त्रिवर्षीय खर्च अनुमानसहित)
•
राष्ट्रिय योजना आयोगमा
अर्थमन्त्रालय र सम्बन्धित मन्त्रालयको सहभागितामा केन्द्रीय र जिल्लास्तरको
कार्यक्रम तथा बजेटको नीतिगत छलफल
•
मन्त्रालयहरूले आगामी वर्षको नीति तथा कार्यक्रम
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने
•
अर्थमन्त्रालयले योजना आयोगसहित सम्बन्धित
मन्त्रालयको सहभागितामा चालू र पुँजीगत बजेटको खर्च शिर्षकगत छलफल गर्ने
•
अर्थमन्त्रालयद्वारा बजेटको प्रारम्भिक मस्यौदा
तयारी
•
अर्थमन्त्रीद्वारा अर्थ समितिमा बजेटको सिद्धान्त
तथा प्राथमिकता सम्बन्धमा छलफल
•
अर्थमन्त्रालयद्वारा बजेटको अन्तिम
मस्यौदा तयारी
•
अर्थमन्त्रीद्वारा बजेट मस्यौदा र कार्यक्रम
मन्त्रिपरिषद्को बैठकमा प्रस्तुति र छलफल
•
बजेटले समेटेका नीति तथा कार्यक्रमहरू योजना
आयोगको बैठकबाट स्वीकृत गर्ने
(ङ) बजेट प्रस्तुत गर्ने र संसदबाट पारित
गर्ने
•
अर्थमन्त्रीद्वारा
संसदमा बजेट वक्तव्य प्रस्तुति (जेठ
१५)
•
संसदबाट बजेट परित र स्वीकृति
(च) बजेट खर्च गर्ने अख्तियारी र कार्यक्रम
स्वीकृति
•
अर्थसचिवद्वारा
मन्त्रालयहरूमा अख्तियारी प्रदान गर्ने (श्रावण १ गते)
•
सम्बन्धित निकायका
सचिवले खर्च गर्ने निकायहरूमा स्वीकृत कार्यक्रमसहित अख्तियारी प्रदान गर्ने
(श्रावण १५ गते भित्र)
नेपालको संविधान २०७२ अनुसार राजस्व र व्ययको अनुमान
गरी संघीय संसदमा बजेट प्रस्तुत गर्दा समावेश गरिने बुँदाहरू :
नेपालको संविधान २०७२ को धारा ११९ मा राजस्व र व्ययको अनुमान उल्लेख
गरिएको छ । संघीय संसदका दुवै सदनमा राजस्व र व्ययको, अनुमान पेश गर्दा निम्न बुँदाहरु
समावेश गरिन्छन् :
(१) राजस्वको अनुमान
(२) सञ्चित कोष माथि व्ययभार हुने आवश्यक रकमहरू
(३) विनियोजन ऐनद्वारा व्यय हुन आवश्यक रकमहरू
(४) अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयहरूलाई
छुट्याईएको खर्चको रकम र सो खर्च अनुसारको उपलब्धि भयो भएन त्यसको विवरण यिनै
बुँदाहरूमा रही निम्न कागजातहरू तयार गरिन्छन् :
• बजेट वक्तव्य
• विनियोजन विधेयक
• आर्थिक विधेयक
• पेस्की खर्च विधेयक
• ऋण तथा जमानत सम्बन्धी
विधेयक
• राष्ट्र ऋण उठाउने विधेयक
• व्यय अनुमानको शिर्षकगत
विवरण
• संस्थान प्रगति समिक्षा
• मन्त्रालयगत प्रगति विवरण
• स्रोत पुस्तिका आदि ।
10. नेपालको बजेट तर्जुमा
प्रक्रियामा देखिने समस्याहरू बुदागत रूपमा उल्लेख गर्नुहोस् ।
•
राजनैतिक पक्ष हावी रहेको छ ।
•
Line Item/ Incremental बजेट प्रणालीको प्रभुत्व
छ ।
•
उद्देश्य उन्मुख हुन नसकेको अवस्था छ ।
•
Data हरू Fact Base छैनन् ।
•
(Financial Management information system) FMIS को प्रयोग कमजोर
छ ।
•
बजेटको प्राथमिकीकरण वस्तुपरक भएन ।
•
बजेट माग गर्नेले हचुवा प्रणाली अपनाएको ।
•
वैदेशिक (दाताको प्रभाव बढ्दो छ ।
•
सोझै भुक्तानी समस्याको रूपमा रहेको छ ।
•
बजेटमा बाहिरबाट आउने रकमको समेत अंश ठूलो छ ।
•
बजेटमा नदेखिने खर्चहरू (रकमान्तर/स्रोतान्तर) ले बजेटरी सिद्धान्तको
उल्लंघन गरेका छन् ।
•
(Medium Term Expenditure Frame work) MTEF वास्तविकतामा
आधारित हुन सकेको छैन ।
11. लाइन आइटम बजेट, शून्यमा
आधारित बजेट र गरिबोन्मुख बजेटको बारेमा संक्षेपमा चर्चा गर्नुहोस् ।
Line Item Budget
उद्देश्यमूलक हिसाबमा बजेटलाई वर्गीकरण गरिने पद्धति जसमा खर्च गरिने
क्षेत्रका आधारमा बजेटको वर्गीकरण गरिन्छ, जस्तो तलब, भत्ता, दै.भ्र.भ. आदि ।
नेपाल सरकारले हाल अपनाइरहेको यस्तो बजेट प्रणालीलाई नै लाइन आइटम बजेट
भनिन्छ ।
यसले उपलब्धिलाई
भन्दा खर्च नियन्त्रणतर्फ जोड
दिएको हुन्छ ।
नेपालको कार्यक्रम बजेट प्रणाली अनुसार पठाएको
बजेट समेतलाई अन्तमा लाइन आइटम अन्तर्गतनै राखेर
वर्गीकरण गर्ने गरिएको छ
।
Zero Based Budget
शून्यमा आधारित बजेट विगतमा तर्जुमा गरी कार्यान्वयन भइरहेका होस् वा
नयाँ सबै आयोजनाहरूलाई वर्तमान अवस्थामा मूल्याङ्कन
गरी बजेट तर्जुमा गर्ने प्रक्रिया हो ।
यसमा विगतमा सञ्चालनमा आइरहेका योजना आयोजनामा
बजेट थप गर्ने भन्ने हुँदैन ।
रकम विनियोजन
गर्नैपर्ने भए काम गर्न
बाँकीलाई नयाँ काम सरह मानी सुरुबाट नै सबै प्रक्रिया पूरा गरी
बजेट विनियोजन गरिन्छ ।
अमेरिकामा सन् 1977 देखि यो अवधारणको सुरुवात भएको पाइन्छ ।
यसमा,
• कुनै कार्यक्रमलाई निरन्तरता दिनुपूर्व त्यसको
पुनः पूर्ण परीक्षण आवश्यक ठानिन्छ ।
• प्रत्येक वर्ष कार्यक्रमको Review गरी उपयुक्तता परीक्षण गरिन्छ ।
• गर्नुपर्ने कार्यको लाभ–लागत परीक्षण गरिन्छ
।
• नयाँ कार्य सरह विगतको योजनाको बाँकी Part लाई पनि लागत तयार गरिन्छ ।
• यसमा Incremental Budgetary प्रणालीको
कुनै आधार लिइँदैन ।
गरिबोन्मुख बजेट
गरिब र गरिबी बढी भएको क्षेत्रलाई लक्षित गरी
तर्जुमा गरिएको बजेटलाई गरिबोन्मुख बजेट भनिन्छ । यसको मान्यता पनि सरकारलाई गरिबी
निवारणमा बजेट केन्द्रित गर्न दबाब दिनु रहेको छ ।
नेपाल सरकारको बजेटमा परेका सम्पूर्ण कार्यक्रमलाई
गरिबी निवारणको सापेक्षतामा जाँच्नका लागि यो अवधारणा ल्याइएको हो ।
जस अनुसार प्रत्यक्ष योगदान दिने र अप्रत्यक्ष
योगदान दिने गरी छुट्याइएको छ ।
• गरिबी न्यूनीकरणमा प्रत्यक्ष योगदान पुर्याउने
– प्रत्यक्ष
• गरिबी न्यूनीकरणमा अप्रत्यक्ष योगदान पुर्याउने
– अप्रत्यक्ष
गरिवोन्मुख बजेट निर्माणका आधारहरू
• ग्रामीण क्षेत्रमा लगानी हुने सरकारी बजेट,
• ग्रामीण क्षेत्रको आय आर्जनमा सघाउ पुर्याउने
कार्यक्रमहरू,
• ग्रामीण क्षेत्रमा क्षमता विकास सम्बन्धी
कार्यक्रमहरू,
• सामाजिक परिचालनका लागि गरिने सरकारी खर्चहरू,
• सामाजिक क्षेत्रमा लगानी गरिने रकमहरू,
• स्थानीय निकायलाई जाने अनुदानहरू,
• गरिबी निवारणमा केन्द्रित सरकारी खर्चहरू,
• विभिन्न क्षेत्र, वर्ग, जातजातिहरूको उत्थान र विकासका लागि
लक्ष्यित कार्यक्रमहरू आदि,
12. कार्यक्रम बजेटको बारेमा
विस्तृतमा चर्चा गर्नुहोस् ।
कार्यक्रम बजेट
सम्पादन गरिने
कार्यक्रमको विस्तृत लेखाजोखा गरी सोही कार्यक्रमको आधारमा तर्जुमा गरिने बजेटलाई नै कार्यक्रम बजेट भनिन्छ ।
कार्यक्रम बजेट प्रणालीमा Function, Programme Project
and Activity लाई आधार बनाएर बजेट तर्जुमा गरिन्छ ।
निर्धारित उद्देश्य प्राप्त गर्नका लागि न्यूनतम लागत पत्ता लगाई (लाभ
लागत विश्लेषण गरी) कार्यक्रम बजेट तयार गरिन्छ ।
कार्यक्रम बजेटका
प्रमुख तत्वहरू
o
Function (कार्य)
o
Programme (कार्यक्रम)
o
Project (परियोजना)
o
Activity (क्रियाकलाप)
कार्यक्रम बजेटको
आवश्यकता
o
कार्यक्रमको यथार्थ चित्रण गर्न ।
o
प्रत्येक कार्यको लाभ लागत विश्लेषण गर्न ।
o
प्राथमिकता निर्धारणमा सहजता प्रदान गर्न ।
o
अनावश्यक आयोजनामा Budget कटौती गर्न ।
o
नियन्त्रण गर्ने कार्यमा सहजता ल्याउन ।
o
कार्यमा कार्यदक्षता, मितव्ययिता र प्रभावकारिता हासिल गर्न ।
o
कार्यक्रमको गुणस्तरीयता, समयवद्धता, परिमाण उन्मुखता र लागत प्रभावी बनाउन ।
o
विनियोजन प्रक्रियामा वैज्ञानिकता ल्याउन ।
o
निर्णयको लागि आधार खडा गर्न ।
o
तुलनात्मक अध्ययन गर्नमा सहजता ल्याउँन ।
o
पारदर्शी र उत्तरदायी प्रणालीको अवलम्बन गर्न ।
o
दीर्घकालीन बजेट तर्जुमामा सहजता ल्याउन ।
कार्यक्रम बजेटका
विशेषताहरू
o
नतीजा उन्मुख बजेट प्रणाली,
o
लाभ–लागत विश्लेषणमा आधारित प्रणाली,
o
सूचना, संरचना नै प्रमुख आधार हुने प्रणाली,
o
प्रणाली विश्लेषणमा आधारित बजेट व्यवस्था,
o
राजनैतिक दबाब शून्यताको परिकल्पना,
o
योजना, कार्यक्रम र बजेटबीच कार्यात्मक अन्तर सम्बन्ध, कायम हुने
विश्वास,
सबल पक्षहरू
o
परिणाम प्रति केन्द्रित,
o
लाभ लागत विश्लेषण हुने,
o
अनावश्यक खर्च नियन्त्रण हुने,
o
वित्तीय पारदर्शिता र उत्तरदायित्व प्रवद्र्धन गर्न सहज हुने
।
o
राजनैतिक दबाब कम हुने,
o
आवधिक योजना र बजेटबीच सम्बन्ध कायम राख्न सहज हुने,
o
प्राथमिकीकरण गर्न सहज,
o
दीर्घकालीन बजेट बनाउन मद्दत पुग्ने आदि यसका सबल पक्ष हुन्
।
दुर्बल पक्ष
o
Central Control.
o
क्षण–क्षणमा भइरहने परिवर्तनलाई सम्बोधन गर्न नसक्ने,
o
स्वतन्त्र रूपमा विवेकशील निर्णय गर्नमा बन्देज,
o
Paper Work बढाउने,
o
Experts हरू आवश्यक पर्ने हुँदा बढी खर्चिलो,
o
तर्जुमामै लामो समय लाग्ने,
o
राजनैतिक प्रभावलाई बेवास्ता गर्न सकिन्न तर त्यतातर्फ ध्यान
दिएको छैन ।
नेपालमा कार्यक्रम
बजेट तर्जुमा प्रक्रिया
बजेट तर्जुमा कार्य निरन्तर
चलिरहने प्रक्रिया हो । नेपालमा बजेट तर्जुमा प्रक्रिया सामान्यतया कात्तिकको दोस्रो हप्तादेखि सुरु भएर असार मसान्तसम्म संसदबाट पारित हुने र खर्च गर्ने
निकायमा अख्तियारी प्रदान गर्ने कार्य साउन १५ सम्म सम्पन्न हुनुपर्ने गरी कार्यतालिका
निर्धारण गरिएको छ ।
संक्षेपमा बजेट निर्माण
प्रक्रिया देहाय अनुसार
चक्रीय प्रणालीबाट सम्पन्न
हुने गर्दछ ।
o
१. Macro-Economic Framework तयार पारिन्छ ।
o
२. साधन र खर्चको प्रारम्भिक अनुमान गरिन्छ ।
o
३. क्षेत्रगत सीमा निर्धारण गरिन्छ ।
o
४. मन्त्रालयहरूसँग प्रस्ताव माग गरिन्छ ।
o
५. कार्यालयगत बजेट तर्जुमा गरिन्छ ।
o
६. मन्त्रालयहरूद्वारा प्रस्ताव पेश गर्न लगाइन्छ ।
o
७. बजेट मस्यौदा तयार राष्ट्रिय योजना आयोगको परामर्शमा
अर्थमन्त्रालयले तयार गर्छ ।
o
८. संसद पेश गरिन्छ ।
o
९. स्वीकृत गरिन्छ र कार्यान्वयन गरिन्छ ।
निर्धारित गरेको बजेट सीमा तथा दिग्दर्शन र परिपत्रको अधीनमा रही आगामी
वर्षको लागि बजेट निर्माण गर्नुपर्दछ ।
13. लैँगिक उत्तरदायित्व
बजेटको परिचय दिनुहोस् ।
लैंगिक बजेट
o
देशको बजेट वितरणलाई लैंगिक दृष्टिकोणबाट हेर्ने र लैंगिकमैत्री
बनाउने पद्धति हो ।
o
लैंगिक वितरण सापेक्ष बजेट मार्फत लैंगिक समानता र सशक्तीकरण
कायम गरी आर्थिक उन्नति हासिल गर्नु नै यस बजेट प्रणालीको लक्ष्य हो ।
o
नेपाल सरकारले CEDAW, MDG, बेइजिङ कार्यमञ्चप्रतिको
प्रतिवद्धताको उपजको रूपमा यस अवधारणालाई नेपालमा विकास गरेको छ ।
o
तर यो महिलामुखी बजेट भने होइन । यसले कुनै कार्यक्रम सिफारिस गर्दैन । केबल सरकारी कार्यक्रमलाई
लैंगिक रुपमा तुलना गरी नैतिक दबाब दिने कार्य गर्दछ ।
लैँगिक बजेटको उद्देश्य
मानव अधिकार र लैंगिक समानताप्रतिको प्रतिवद्धताको कार्यान्वयनमा सरकारलाई
मुख्य रूपले उत्तरदायी
बनाउनु नै यसको प्रमुख उद्देश्य हो ।
यसले
o
अन्तर्राष्ट्रिय प्रतिवद्धताको राष्ट्रियस्तरमा उपलव्ध हुने
साधन,
स्रोत
तथा सेवासँग तुलना गर्दछ ।
o
लैंगिक सम्वेदनशील प्रक्रिया तथा तौर तरिकाको प्रयोग गर्दछ ।
o
संस्थागत क्षमता र अनुकूल वातावरण सिर्जना गर्न सक्दछ ।
o
सरकारलाई नीतिगत स्पष्टता प्रदान गर्न सक्दछ ।
o
प्रभावकारी कार्यान्वयन गर्न सक्ने क्षमता र इच्छाशक्ति हासिल
गर्न सक्षम बनाउँछ ।
लैंगिक रूपमा सरकारी बजेटको वर्गीकरण
सरकारी बजेट विनियोजन
गर्दा प्रत्येक कार्यक्रमलाई लैंगिक विकासको
हिसाबले प्रभावकारी भए नभएको हेरिन्छ । जस अनुसार
o
५० प्रतिशत भन्दा बढी लाभ पुग्ने क्रियाकलाप भएमा, लैंगिक रूपले
प्रत्यक्ष फाइदा पुग्ने मानिन्छ ।
o
२० देखि ५० प्रतिशतसम्म लाभ पुग्ने भएमा – लैंगिक रूपले
अप्रत्यक्ष फाइदा पुग्ने मानिन्छ ।
o
२० प्रतिशत भन्दा कम लाभ पुग्ने भएमा – लैंगिक रूपले तटस्थ
मानिन्छ ।
14. नेपालमा बजेट र विकास
योजनाबीच तालमेल मिलाउन गरिएका प्रयासहरू बारे उल्लेख गर्नुहोस् ।
o
मध्यकालीन खर्च योजना Med-Term Expenditure Framework
o
Immediate Action Plan (तत्काल कार्ययोजना)
o
Logical Framework (नतीजामूलक कार्यतालिका)
o
नतीजामा आधारित निकासा प्रक्रिया
o
आयोजनाको प्राथमिकीकरण
o
पूँजीगत Budget को अन्तिम तयारीका लागि योजना आयोगसँग छलफल
o
गरिबी अनुगमन आदि कार्यद्वारा वार्षिक बजेट र आवधिक
योजनाबीच तालमेल मिलाउने प्रयास आवधिक योजनाले ३/५ वर्षमा गरिने विकास कार्यलाई मार्गदर्शन गर्ने र बजेटले वार्षिक विकास
योजनाको रूपमा कार्य गर्ने भएकोले यी दुईबीचको सकारात्मक सम्बन्ध बिना विकास
कार्यले गति लिन सक्दैन ।
o
अर्को हिसाबले भन्नुपर्दा आवधिक योजनालाई कार्यान्वयन गर्ने दस्तावेज बजेट भएकोले बजेटले स्पष्ट दिशाबोध नगर्दासम्म योजनाको कुनै अर्थ रहँदैन ।
o
तसर्थ बजेट र योजनाबीच उचित तालमेल ल्याउन सरकारले विभिन्न
आधारहरू तयार गरेको छ ।
thank u so much sir ,really very helpful
ReplyDelete